फेरि अर्को बखेडा, राजीनामा दिइसकेका मन्त्रीलाई कारबाही गर्न उजुरी



काठमाडौं, साउन ११
प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेविसंघले कानुनमन्त्री शेरबहादुर तामाङले माफी माग्दै पदबाट राजीनामा दिए पनि आफूले बोेलेको स्वीकार नगरेको भन्दै उनलाई कारबाही गर्न महिला आयोगसमक्ष उजुरी दिएको छ ।

नेविसंघ केन्द्रीय सदस्य जानुका पन्तको नेतृत्वको टोलीले मन्त्रीलाई कारबारी गर्न आयोगमा उजुरी दिएको हो । यस्तै, झापा बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई पनि कारबाही गर्न माग गरिएको छ ।

‘बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक पदमा रहेका दुर्गा प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने’ भन्ने गलत अभिव्यक्तिले महिलाको अस्मितमा धावा बोलेको भन्दै उनीहरूले आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै आयोगमा चारबुँदे उजुरी दिएका हुन् ।

कानुनले नदिएको भन्दै आवश्यक अनुसन्धान गरी उनीमाथि कानुनअनुसार कारबाही अगाडि बढाउन आग्रह गरिएको छ । टोलीमा नमराज त्रिपाठी, विद्यार्थी नेताहरू तुलसा पन्त, सुमधुर बराल, फोड्स अध्यक्ष सुवास घिमिरेसहितका नेताहरू थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News