उपहार किन्न ७५ लाख !



काठमाडौं, साउन १८
काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ ।

मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिर्व), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको गरिएको हो । नेपाल समाचापत्रमा खबर छ ।

स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पुजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै मशलन्द र छपाईमा २ करोड २५ लाख, जनशक्ती तालिममा २ करोड, बैठक तथा समिति भत्तामा १ करोड ५३ लाख, बैठक तथा समिति खर्च तर्फ ३५ लाख, परामर्श शुल्क तर्फ ३० लाख, भ्रमण र दैनिक भत्तातर्फ १ करोड ६० हजार रुपियाँ विनियोजन गरिएको छ ।

जनप्रतिनिधिले स्थानीय निकाय संचालन गरेपछि यो वर्ष अधिकांस शिर्षकमा रकम बढाइएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News