बालुवाटारमा गाडी धुन मासिक १२ लाख खर्च, यस्तो छ अवस्था


 


काठमाडौं, भदौ ४
देशमा विशिष्ट व्यक्तिकै खर्च मासिक अर्बौ अर्बौं पुग्छ । यसैमा सुन्दै अचम्म लाग्ने अर्को एक विषय लाग्छ, प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै विशिष्ट व्यक्तिको गाडी धुन मासिक १२ लाख र वार्षिक १ करोड २० लाख बढी खर्च हुने गरेको सार्वजनिक भएको छ ।

गाडी र मोटरसाइकल धुन १२ लाखको ट्यांकरको पानी मगाइन्छ । नयाँ पत्रिकामा खबर छ ।

तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो । प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ । यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन । ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ । बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ । भएको डिप बोरिङ प्रयोग गरिँदैन ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्