प्रधानमन्त्री ओली विराटनगर आउँदै, ग्याँस पाइपलाइनको उद्घाटन गर्ने



विराटनगर, भदौँ ४

प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर आउँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि बिहान १० : ४५ मा यति एयरलाइन्सबाट बिराटनगर प्रस्थान गर्ने कार्यक्रम छ । बिराटनगर अवतरण गरेलगत्तै प्रधानमन्त्री ओलीले ग्याँस पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।

त्यसपछि प्रधानमन्त्री ओलीले १ नं. प्रदेश स्तरीय कार्यकर्ता भेलालाई बीरेन्द्र सभागृहमा सम्वोधन गर्नुहुनेछ । कार्यकर्ता सम्वोधनपछि होटल ह्यारिसनमा उहाँले बिभिन्न संस्था, पार्टीका नेता/कार्यकर्ता र नागरिकहरुसँग केही समय भेटवार्ता गर्नुहुनेछ ।

बिराटनगरका औपचारिक र अनौपचारिक कार्यक्रम सकेपछि साँझ पाँच बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भोलि नेपाली सेनाको पूर्व पृतना मुख्यालय इटहरीमा बास बस्नु हुनेछ ।

पर्सी बुधबार प्रधानमन्त्री ओली गृहजिल्ला झापाका बिभिन्न कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान पाँडाजुगीस्थित सशत्र प्रहरी बलको पाथीभरा गौणमा दिउँसोको खाना खाने कार्यक्रम राखिएको छ भने उहाँले लखनपुरमा आर्युबेदिक औषधालयको शिलन्यास गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले त्यसपछि गौरादह नगरपालिकामा आयोजना गरिने पाँच नम्बरको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्वोधनसँगै अगुवा कार्यकर्ताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । गौरादह सामुदायिक भवनमा दिउँसो १ बजे कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओली बुधबार अपरान्ह दिउँसो ३ : ३० बजे काठमाडौं फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News