एआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी, को–को छन् दाबेदार ?


 


काठमाडौं, भदौ ६
गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा प्रक्रिया सुरु गर्न लागेको छ । चार महिनादेखि रिक्त एआइजीको बढुवा प्रक्रिया बल्ल अघि बढाउने तयारी गरिको हो ।

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै रिक्त एआइजी बढुवा चार महिनादेखि रोकिएको थियो । एआइजी बढुवा नहुँदा तल्लो तहका बढुवा पनि प्रभावित भइरहेको छ ।

सरकारको पछिल्लो निर्णयअनुसार नेपाल प्रहरीमा अब तीनवटा मात्रै एआइजीको दरबन्दी कायम गरिएको छ । यी तीन पदका लागि
बढुवा वरिष्ठताकै आधारमा एआईजी नियुक्त गरिने गृह मन्त्रालयले जनाएको छ ।

एआईजीका लागि पुष्कर कार्की, मनोज न्यौपाने, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह दाबेदार छन् ।

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्