खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले राजीनामा दिए


 


काठमाडौं, असोज १४

PURUSHOTTAM-PAUDEL-MINISTEनेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।

यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।

अख्तियारको पत्रपछि प्रधानमन्त्रीले उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पौडेललाई राजीनामा गराउन र राजीनामा नगरे बर्खास्त गर्न जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गराएका थिए ।

प्रकाशित मिति: १४ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्