“जात र वर्णले कोहीपनि सक्षम र असक्षम हुँदैन”



मोरङ, भदौँ १७
मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जात र वर्णले कोहीपनि सक्षम र असक्षम नहुने बताउनुभएको छ । आँट, हिम्मत र मिहेनत गर्नसके जो–कोहीले सफलता हाँसिल गर्ने उहाँको भनाई छ ।

किरात याक्थुङ चुम्लुङको २९ औं स्थापना दिवसको अवसरमा आज उर्लाबारी–९ दुर्गापुरीस्थित चुम्लुङ भवनमा आयोजित कार्यक्रममा फागोले सो कुरा बताउनुभएको हो । नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिले महत्वपूर्ण योगदान पर्याएपनि त्यसको कदर हुन नसकेको उहाँले बताउनुभयो ।

आदिवासी जनजातिको भाषा, लिपी, संस्कार र संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिँदै नगर प्रमुख फागो त्यसका लागि नगरपालिका संधै साथ रहेको बताउनुभयो । आदिवासी जनजातिको भाषा, लिपी, संस्कार र संस्कृति जगेर्नाका लागि नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी दिँदै फागोले त्यसका लागि प्रक्रिया पुगेको खण्डमा सहयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

चुम्लुङका प्रदेश कोषाध्यक्ष विमला पालुङ्वाले आदिवासी जनजातिको दक्षता अभिबृद्धिका लागि सिपमुलक तालिम सञ्चालन गरिनुपर्ने बताउनुभयो । चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर फियाक, स्थानीय समाजसेवी नरबहादुर मोक्तान, सुरेन्द्र शेर्मा, मदन मादेम्बा, अमृत आङबुहाङलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा चुम्लुङका नगर सचिव अमर सेलिङले सञ्चालन र सदस्य सम्शेर लिम्बुले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा लिम्बु समुदायको मौलिक नृत्य केलाङ र धानचान पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News