तावा खोलामा डुबेर बालकको मृत्यु



उदयपुर, भदौँ १८

उदयपुरको कटारी नगरपालिका–२ स्थित तावा खोलामा डुबेर आज दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–२ बस्ने विनोद कुँवरको डेढ वर्षीय छोरा ऋषी कुँवर रहेका छन् ।

दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उद्दार गरी उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

प्रकाशित मिति: १८ भदौ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्