नेकपामा अझै मिलेन जोर घटाउ, एकै जिल्लाबाट समानान्तर प्रतिवेदन



काठमाडौं, भदौ १९
तत्कालि एमाले र माओबादी केन्द्रबीच पाटी एकता भएको तीन महिना पूरा भइसकेको छ । तर, नेता व्यवस्थापनको काम अझै सकिएको छैन ।

मुख्य नेताकै जोडघटाउ नमिल्दा यसको असर तल्लो तहसम्म पनि परिरहेको छ । अन्नपूर्णमा खबर छ ।

पूर्वघटकभित्रैका समूह असन्तुष्ट भएपछि केन्द्रीय कार्यालयमा एकता कार्यदलका प्रतिवेदनसँगै नेतृत्वको दाबीसहित समानान्तर सिफारिसका कागज पनि चाङ लाग्न थालेका छन्। झन्डै दुई दर्जन जिल्लाबाट भागबण्ड नमिलेका पत्रहरु हाइकमाण्डमा पुगेका छन् ।

एलौटीको भएको भन्दै समानान्तर प्रतिवेदन पेश भएका छन् । केन्द्रीय कार्यालयको आन्तरिक सर्कुलरअनुसार भदौ दोस्रो सातासम्म प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकता भइसकेर पहिलो बैठकै बसिसक्नुपथ्र्यो।

भूगोलका ७ प्रदेश, ७७ जिल्ला, ४ विशेष जिल्ला र २२ जनसंगठनको एकता कार्यदलले अन्तिम कसरत गरिरहेको छ। तर, शीर्ष नेताहरू नै आफ्ना आफ्ना पूर्वसमूहका आधारमा जोडघटाउ गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News