स्कुटीसहित नहरमा खस्दा एकको मृत्यु, एक बेपत्ता


 


चितवन, भदौ १९
सोमबार राति स्कुटीसहित नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा तेह्रसाल चोकमै राति स्कुटर नहरमा खस्दा भरतपुर महानगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो ।

उनीसंगै स्कुटरमा बसेका अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो । बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्