इटहरा साकोसको तिज विशेष कार्यक्रम (फोटो फिचरसहित)

इटहरा, भदौँ १९
मोरङको रतुवामाई नगरपालिका – ८ स्थित इटहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिले नेपाली नारीहरुको महान् चाड तिज पर्वको अवसरमा विशेष कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
रतुवामाई – ९ स्थित सर्वेश्वर सामुदायिक सभाहलमा भएको कार्यक्रममा संस्था महिला सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा तिजको गितमा नृत्य प्रस्तुत गरिएको थियो भने सहभागीहरुलाई तिजको दर समेत खुवाईएको थियो ।
सोही अवसरमा विशेष सदस्यता बिस्तार कार्यक्रममा २१ जनाले नयाँ सदस्यता लिएको अध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार