गौरा हेर्न गएकी दुई युवती बेहोस अवस्थामा फेला



कञ्चनपुर, भदौ १९
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गौरा हेर्न पुगेकी दुई युवती सोमबार बेहोस अवस्थामा भेट्टिएका छन् ।

कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् ।

दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । रासस

प्रकाशित मिति: १९ भदौ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्