आर्थिक चलखेल गरि बलात्कारी जोगाउने एसपीलाई विभूषण, पाए जनसेवाश्री पदक



काठमाडौं, भदौ २०
बलात्कारीलाई जोगाएको आरोप लागेर कारबाहीमासमेत परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझी विभूषण पाएका छन् ।

उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

आर्थिक चलखेलका आधारमा उनले जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए ।

सरकारले उनलाई निलम्बन गरी विभागीय कारबाहीसमेत गरेको थियो । तर, राष्ट्रपतिबाट उनले महत्वपूर्ण योगदान दिएको भन्दै विभूषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News