मोरङका चार पत्रकार पुरस्कृत हुने



विराटनगर, भदौ २०

नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । युनियनले हरेक वर्ष प्रदान गर्ने ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’बाट तीनजना र यस वर्षदेखि स्थापना भएको ‘अम्बे–मुरारि महिला पत्रकारिता पुरस्कार’बाट एकजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल संरक्षक रहेको ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष प्राइम एफ एमका संचालक पत्रकार मदनबाबु प्रसाईं, बेलबारीका पत्रकार नरेन्द्र बस्नेत र विराटनगरकी पत्रकार रञ्जिता पोखरेललाई समर्पण गर्ने निर्णय भएको युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

उर्लाबारीका पत्रकार प्रसाई बिगत दुई दशक भन्दा बढी समयदेखी पत्रकारितामा क्रियाशिल रहनु भएको छ । त्यस्तै ‘अम्बे–मुरारि महिला पत्रकारिता पुरस्कार’ पत्रकार सुशीला पाठकलाई प्रदान गरिने भएको छ । पुरस्कारको संस्थापकमा युनियनकी पूर्वकेन्द्रीय सदस्य भारती उपाध्याय हुन् ।

चारवटै पुरस्कारको राशि जनही ११ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । त्यसैगरी युनियनले आठौं अधिवेशनको अवसर पारेर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला, उर्लाबारीका प्रमुख खड्ग फागोका प्रेस संयोजक रुपेन्द्र शेर्मा र लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौलालाई सम्मान गर्ने भएको छ ।

मोरङ युनियनबाट नेपाल पत्रकार महासंघ प्रदेश–१ को सदस्यमा निर्वाचित ब्रम्हदेव यादव र साढे दुई दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा साप्ताहिक पत्रिका प्रकाशित गरिरहेका सुनिल पोखरेललाई पनि सम्मान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका सदस्य कुमोद अधिकारीले जानकारी दिए । सबै पुरस्कार भदौ ३० गते विराटनगरमा हुने आठौं जिल्ला अधिवेशनका अवसरमा समर्पण गरिने अध्यक्ष नवोदितले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News