बलात्कार रोक्न नयाँ अभियान



बुटवल, भदौ २२

सञ्चारीका समूह लुम्बिनीले बलात्कारका घटना न्यूनीकरण गर्न नयाँ अभियानको थालनी गरेको छ । समूहले बुटवलमा बलात्कार न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान शुरु गरेको छ ।

समूहले विहीबार हस्ताक्षर सङ्कलन गरेको छ । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले चेतनाको अभाव वा अन्य कारणले गर्दा महिला बलात्कृत हुनबाट रोकिएको छैन भन्दै यसको न्यूनीकरणका लागि यस्ता दबाबमूलक क्रियाकलापको अपरिहार्यता रहेको बताउनुभयो ।

सङ्कलन गरिएको हस्ताक्षर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News