दश किलो अवैध सुनसहित दुई पक्राउ



गोरखा, भदौँ २३

उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । “चेकजाँचका क्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन बरामद गरेको होे”, प्रहरी उपरीक्षक बस्नेतले भन्नुभयो ।

यसअघि गोरखाको उत्तरी क्षेत्र हँुदै नेपालमा सुनको तस्करी भइरहेको आङ्शकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News