प्रचण्ड–मोदी भेटः धार्मिक सर्किटदेखि सगरमाथाको पानीको चर्चा



काठमाडौं, भदौ २४
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

भेटका क्रममा मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् ।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।

चण्ड–मोदी भेटवार्तामा धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरूको एक बृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरका रूपमा विश्वभर लैजान सहकार्य गर्नेबारे छलफल भएको थियो । प्रचण्डको सचिवालका अनुसार नेपाल–भारत सीमा समस्या

समाधानबारे पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरूको स्तरोन्नतिका विषयमा पनि चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News