मोटरसाइकल चोरको विगविगी, १४ मोटरसाइकल नियन्त्रणमा


 


टीकापुर, भदौ २४
कैलालीको टीकापुर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने कार्य मौलाएको छ ।

चोरी हुनेक्रम बढेपछि ईलाका प्रहरी कार्यालय टीकापुरले चलाएको सर्चिङका क्रममा चारीका १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । प्र

हरीले आवश्यक कागजात नभएका मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । चोरी भएका मोटरसाईकल धनीहरुले सक्कल कागजात साथमा लिई कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

साथै प्रहरीले चोरी हुने क्रियाकलाप दिन प्रति दिन बढ्दै गएको हुँदा आ–आफ्नो मोटरसाईकललगायत अन्य सवारी साधनको सुरक्षामा ध्यान दिन अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्