सप्तरीमा ट्रकको ठक्करबाट दुईको मृत्यु



राजविराज, भदौ २५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आईतबार साँझ दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय अल्केश थापाको पनि मृत्यु भएको छ । उनको भने उपचारको लागि राजविराजस्थित गजेन्द्र सिंह सगरमाथा अञ्चल अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News