बलात्कृत ८० वर्षीया वृद्धा न्याय खोज्दै, प्रहरीले अझै समातेन अभियुक्त



दमौली, भदौ २५
छिमेकीबाटै बलात्कृत भएकी एक ८० वर्षीया महिला तीन वर्षदेखि न्यायको खोजीमा भौतारिरहेकी छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कृत भएकी थिइन् । तर, उनले हालसम्म पनि न्याय पाएकी छैनन् ।

आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उहाँले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब त उनलाई आफू बाँच्दा नै अपराधीलाई कारवाही भएको देख्न पाउने आशा मरिसकेको छ ।

घरमा कोही नभएको मौका पारी रक्सीले मातेर आएका विकले ती वृद्धालाई बलात्कार गरेर भागेको स्थानीयवासी बताउँछन् ।

जबर्जस्ती बलात्कार गर्दागर्दै वृद्धाले हारगुहार गर्न थालेपछि विक भागेका थिए । उक्त घटनाका बारेमा प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि अभियुक्त विकलाई पक्राउ गर्न प्रहरी असफल भयो ।

पीडित वृद्धाको सोही दिन दमौली अस्पतालमा ल्याई स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको थियो ।

स्थानीयले तत्काल प्रहरीलाई खबर गरी केही अनुसन्धानका प्रक्रिया अगाडि बढेका भए पनि अहिलेसम्म दोषी फरार रहेकाले कुनै फैसला हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News