भोजपुरमा ६ जना पुरुषले गरे सम्बन्धविच्छेदको मुद्दा दर्ता



भोजपुर, भदौँ २५

नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा छ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । छवटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिकारी मणिराम पोखरेलले बतानुभयो ।

भदौ महिनामा सम्बन्धविच्छेदका १० वटा दर्ता भएकामा छ वटा पुरुषले दर्ता गराएको उहाँको भनाइ छ । सम्बन्धविच्छेद गर्न चाहने पुरुषमा अधिकांश वैदेशिक रोजगारीमा गएर फर्केका रहेका छन् ।

विदेशबाट फर्केकाले आफ्नो कमाइको रकम सबै श्रीमतीले अनावश्यक ढङ्गले खर्च गरेर सकेको, परपुरुषसँग लागेको जस्ता आरोप देखाउँदै मुद्दा दर्ता गराएको पोखरेलको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः deshkone[email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News