संसदमा पुग्ने बामदेवको योजना असफल



काठमाडौं, भदौ २६
नेकपाका नेता बामदेव गौतमको सांसद बन्ने योजना असफल जस्तै बनेको छ । डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत सांसद बन्ने योजना असफल हुन लागेको हो ।

सो निर्वाचन क्षेत्रबाट विजयी पर्यटन राज्यमन्त्रीसमेत रहेका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएपनि मतदाताका दवावका कारण प्रस्ताव अस्वीकार गर्ने योजनामा पुगेका हुन् । उनी वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए ।

पछिल्लो समय बुढाले राजीनामा दिनैपरे पनि फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने सुनाउन थालेको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News