साहारा दिन्छु भन्दै ११ वर्षीया बालिका तीन दिनसम्म बलात्कार, कैलालीका युवक पक्राउ



काठमाडौं, भदौ २६
साहारा दिने बाहानामा बालिका बलात्कार गरेको आरोपमा काठमाडौं कीर्तिपुरबाट एक युवक पक्राउ परेका छन् ।

बालिकालाई बन्धक बनाएर यातनासंगै बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीका हेमबहादुर खत्रीलाई पक्राउ गरेको हो । ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएकी हुन् । अन्नपूर्णमा खबर छ ।

भदौ २१ गते साँझ पाँच बजे घरबाट एक १३ वर्षीया अर्की बालिकासँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।

बसबाट झरेपछि आफ्नो घर जान मन नगरेको बुझेर युवकलाई आफ्नो कोठा जान बालिकालाई प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा बालिकाहरु युवकसंगै कीर्तिपुर पुगेकी थिइन् । सुरुमा अनकनाएकी दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भए ।

प्रहरीका अनुसार खाना खाएर राति संगै सुतेका बेला उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । तीन दिन सँगै डेरामा दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर प्रहरीलाई खबर गरेकी थिइन् ।

खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News