निर्मला हत्याकाण्डः अब यसरी अघि बढ्छ छानविन



काठमाडौं, भदौ २७
निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै पक्राउ गरिएका दिलिप विष्ट रिहा भएपछि अब छानविन पनि नयाँ तरिकाले अघि बढ्ने भएको छ । अब अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । नागरिकमा खबर छ ।

मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको छ ।

घटनाको अनुसन्धानमा खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि नै गम्भीर प्रश्नचिह्न उठेको छ । यो टोली घटना सार्वजनिक भएको पछिल्लो दिनदेखि नै जिल्लामा अनुसन्धानका लागि खटिएको थियो ।

जुन टोलीले पनि दिलिप विष्ट नै अपराधि भएको जनाएको थियो । टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

दिलीपको डिएनए परीक्षण रिपोर्ट नमिलेपछि सिआइबीको अनुसन्धान टोलीमाथि प्रश्न उठेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News