सिंहदरबारमै यसरी कुटिए मन्त्रीका पिए, पाँच जना पक्राउ



काठमाडौं, भदौ २७
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकिए सचिव सन्तोष विष्ट सिंहदरबारभित्रै निर्घात कुटिएका छन् ।

मन्त्रीलाई भेटन नदिएको भन्दै उनलाई मन्त्रीकै कार्यकक्षमा निर्घात कुटिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

लामो समयसम्म कुर्दा पनि मन्त्रीलाई भेट्न समय नमिलाइदिएको भन्दै स्वकीय सचिव विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए ।

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । उनीहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिइरहेका थिए ।

बेलुका ६ बजेसम्म पनि मन्त्रीलाई भेट्न नदिएको र आनाकानी गरेको भन्दै आक्रोशमा उनीहरु कुटपिमा उत्रेका थिए ।
विष्टमाथि कुटपिट भएपछि त्यसमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News