Deshko News
१६ मंसिर २०८०, शनिबार

बाख्रा फर्ममा सुतिरहेका बेला सर्पको टोकाइबाट मृत्यु


 


धनगढी, भदौ २८
कैलालीको गौरीगंगा नगरपालिकामा बाख्राको खोर भित्रै सुतिरहेका बेला बुधबार राति सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

घरभन्दा केही टाढा रहेको बाख्रा फर्ममा सुतिरहेको बेला गौरीगंगा नगरपालिकामा वडा नम्बर ६ का ५५ वर्षीय झंकर साउँदको मृत्यु भएको हो ।

राति ११ बजेको समयमा सर्पले टोकेका साउँदको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुरयाउने वित्तिकै मृत्यु भएको हो ।

सर्पले टोकेपछि उपचारका लागि मसुरियास्थित नेपाली सेनाको उपचार केन्द्रमा लिइएपनि त्यहाँ उपचार सम्भवन नभएपछि आज विहान मात्रै सेती अञ्चल अस्पताल ल्याइएको थियो ।

साउँदको सर्पले हातको दाँया औंलामा टोकेको थियो । उनका दुई श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्