अब सुत्केरीले एक वर्षसम्म विदा पाउने


 


काठमाडौं, भदौ २९
सुत्केरी महिलाले अब एक वर्षसम्म विदा पाउने भएकी छन् । तर, विदा भने बेतलवी हुनेछ । कान्तिपुरमा खबर छ ।

यो व्यवस्था संसदको स्वास्थ्य शिक्षा समितिले बनाएको छ । समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

समितिले सरकारले ल्याएको विधेयक परिमार्जनसहित सर्वसम्मतिबाट अनुमोदन गरी बिहीबारको संसद् बैठकमा प्रतिवेदन पेस गरेको छ ।

सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकारसमेत विधेयकमा छ ।

विधेयकमा गर्भवती महिलाले बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शमा थप एक महिना तलबसहितको बिदा पाउने भनिएकामा समितिले एक वर्ष बेतलबी बिदाको व्यवस्था थप गरेको हो ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्