बलात्कारीको आँखा फुटाउनेसम्मको तालिम दिँदै प्रहरी


 


काठमाडौं, भदौ ३०
नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेप्न थालेपछि प्रहरीले यस्तो अभियान सञ्चालन गर्ने भएको हो ।

महिलालाई दिने प्रहरीको यो तालिममा बलात्कारीको आँखा फुटाउनेदेखि संवेदनशिल अंगमा आक्रमण गर्नेसम्मको कोर्ष समावेश गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको उनले बताए।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्