रथयात्रा हेर्न गएका तीन किशोरी १० दिनदेखि बेपत्ता


 


नुवाकोट, भदौ ३०
श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनेर खरानीटार गएका नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी १० दिनदेखि बेपत्ता छन् ।

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् ।

हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । नागरिकमा खबर छ ।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्