निर्मला हत्याका दोषीलाई कारवाहीको माग गर्दै देशभर प्रदर्शन



काठमाडौँ, ३० भदौ

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ ।

‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाइमा उक्त प्रदर्शन भएको हो ।

माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन सयौँ सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुग्नुभएको थियो ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News