बालिकाको कपाल काटेर घरको दोस्रो तलाबाट फ्याकियो


 


रुपन्देही, असोज १
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक रहस्यमयी घटना भएको छ । आइतबार बिहान करिब २ बजे एक १३ वर्षीया बालिकामाथि घरमै आक्रमण भएको छ ।

घरको बाहिर पट्टीबाट भर्‍याङ लगाई कोठामा अपरिचित व्यक्तिहरु आइ उनको बायाँ पट्टीको कपाल काट्नुका साथै घरको दोस्रो तलाबाट खसालेर घाइते बनाइएको छ । नयाँ पत्रिकामा खबर छ ।

बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भए पनि उनको स्वास्थ्यस्थिति खतरामुक्त रहेको छ ।

दुई जना मान्छेहरु आएर बालिकालाई फालेको पाइएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्