सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउण्डेड



बिराटनगर, असोज १

काठमाडौमा चरा ठोक्किँदै उडेको सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौं विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएपनि ल्याण्ड नगरी पाइलटले सिधै विराटनगर विमानस्थल ल्याएका हुन् । जहाज अवतरण गर्ने बेलामा ठूलो आवाज आएको यात्रुहरुले बताएका छन् । त्यो बेला विराटनगर विमानस्थलका यात्रुहरु आँतिएका थिए ।

चरा दाँया इन्जीनमा ठोक्किएको कारण इन्जीनको पंखामा नै क्षति पुगेको छ । जहाजमा चरा ठोक्किएपछि पंखामा क्षति पुगेकोले जहाज नै उडान गर्न नसक्ने अवस्थामा विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको सौर्य एयरलाइन्सका विराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

उहाँले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जहाज उडाउन नसकिने बताउनुभयो । जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको जानकारी गराएपछि मात्र विमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए ।

विमान २ दिन विराटनगरमा नै ग्राउण्डेड हुने र पूर्ण रुपमा मर्मत भएपछि नियमित उडान गरिने विराटनगर स्टेशन प्रमुख पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News