ओखलढुंगामा जीप दुर्घटना हुँदा एक विदेशीको मृत्यु



ओखलढुङ्गा, असोज १

उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् ।
विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना१ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News