पानी छोएको निहुँमा वडाध्यक्षबाटै कुटिए दलित युवा


 


सर्लाही, असोज ३
सर्लाहीमा पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गरेको भन्दै दलित अधिकारकर्मी आन्दोलित भएका छन् ।

जिल्लाको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । नयाँ पत्रिकामा खबर छ ।

वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।

घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरेका थिए । तर, घटना भएको एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समिति आन्दोलित भएको हो ।

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्