चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका विषयमा छलफल



मोरङ, असोज ३

इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा सुरक्षासँग सम्बन्धित समसामयिक बिषयमा छलफल गरिएको छ ।

आज बिहान उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइसकेको बताउँदै जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सवालमा प्रहरी गम्भिर भएर लागि परेको बताउनुभयो ।

नयाँ मुलुकी अपराध संहिताले सामान्य विष्फोटक पदार्थको व्यापार तथा ओसार–पसार गर्नेलाई, जुवा खेल्ने खेलाउनेलाई कडा सजायको व्यवस्था आएकोले सर्वसाधारणलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । चाडपर्वमा अपराधिक गतिबिधि रोक्न विशेष गस्ती टोली परिचालन भइसकेको उहाँले भनाई छ । यस्तै, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले उर्लाबारीलाई शान्त शहर बनाउनका लागि प्रहरीसँग सहकार्य गरिरहेको बताउनुभयो ।

चाडपर्वमा हुन सक्ने अपराधिक गतिबिधिका बारेमा सचेत रहन पनि उहाँले ब्यापारी एबं उद्योगीहरुलाई आग्रह गर्नुभयो । यस्तै, उर्लाबारी उद्योग बाणिज्य संघका प्रमुख सल्लाहकार चन्द्रबहादुर भट्टराई (भरत) ले चाड पर्वमा हुन सक्ने चोरी, डकैती, लुटपाट, भैm–झगडालाई रोक्न प्रहरीले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने, उद्योग उपाध्यक्ष यामलाल रसाईली, बाणिज्य उपाध्यक्ष शेरबहादुर भट्टराई, महासचिब रामबहादुर थापालगायतले चाडपर्वमा सुरक्षा ब्यवस्था प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News