नेपाल बंगबन्धु गोल्डकपको कठिन समुहमा


 


काठमाण्डौँ, असोज ४

अक्टोबर १ तारिखदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश फुटबल फेडेरेशनले सार्वजनिक गरेको ड्र मा नेपाल कठीन समूहमा परेको हो । समूह ए मा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै फिलिपिन्स र लाओस छन् ।

खेल तालिकाअनुसार नेपालले अक्टोबर २ तारिखमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूहको अन्तिम खेलमा नेपालले अक्टोबर ६ तारिखमा प्यालेस्टाइनसँग खेल्नेछ ।

बंगबन्धु गोल्डकपको सेमिफाइनल खेल अक्टोर ९ र १० तारिखमा हुनेछ भने फाइनल खेल १२ तारिखमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने नेपालले जितेको पुरस्कार राशी नपाएसम्म प्रतियोगितामा भाग नलिने बताएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्