फिफा वरीयतामा नेपाल १६० औँ स्थानमा


 


काठमाडौं, असोज ४

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल १६० औं स्थानमा उक्लिन सफल भएको हो । गत महिना नेपाल १६१ औं स्थानमा रहेको थियो ।

यसबीचमा नेपालले साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । साफ च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले दुई खेल जितको थियो भने दुई खेल हारेको थियो ।

फिफा वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा तेस्रो स्थानमा छ । नेपालभन्दामाथि भारत र माल्दिभ्स रहेका छन् भने नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा विश्वविजेता फ्रान्स र बेल्जियम संयुक्तरुपमा रहेका छन् । यसैगरी, ब्राजिल, क्रोएसिया र उरुग्वे पनि फिफा वरीयताको शीर्ष पाँचभित्र अटाएका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्