यौनाङ्ग देखाएको आरोपमा ताप्लेजुङमा बाबुछोरा पक्राउ


 


ताप्लेजुङ, असोज ५

यौनाङ्ग देखाएको आरोपमा ताप्लेजुङमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु र उनका बाबु तेजबहादुर लिम्बु पक्राउ परेका हुन् ।

छोराले बाटोमा निस्केर यौनाङ्ग देखाएको र बाबुले छोरालाई प्रोत्साहन गरेको भनि छिमेकीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले जानकारी दिनुभयो ।

दुवैलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसीनाथ रेग्मीले बताए । नयाँ मुलुकी संहिता अनुसार सार्वजनिक स्थलमा यौनाङ्ग देखाउनेलाई १० वर्षभन्दा माथीका व्यक्तिलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्