कहाँ पुग्यो निर्मला हत्याकाण्डको अनुसन्धान ? सैनिकमाथि पनि अनुसन्धान केन्द्रीत


 


काठमाडौं, असोज ५
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अझै शून्यमै छ । घटना झन् रहस्यमय बन्दै गएको छ ।

प्रहरीको लापरबाहीकै कारण घटनाको अनुसन्धानमा समस्या आइरहेको छ । प्रहरीले नै प्रमाण नष्ट गरेको देखिएको छ । नयाँ पत्रिकामा खबर छ ।
जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

घटनाको अनुसन्धानकै क्रममा घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्