समाजसेवी कृष्ण कार्कीले जेष्ठ नागरिक र अशक्तलाई सम्मान् गर्ने


 


मोरङ, असोज ५

मोरङ रतुवामाई नगरपालिका घर भएका युवा समाजसेवी कृष्ण कार्कीले जेष्ठ नागरिक र शारीरिक रूपमा अशक्त भएकालाई सहयोग गरी सम्मान गर्नु हुने भएको छ ।

हाल जापानमा हरनुभएका कार्कीले मोरङको रतुवामाई नगरपालिका – ९ का ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त करिब ६० जनालाई यही असोज २९ गते एक कार्यक्रम गरी सम्मान गर्नु हुने भएको छ । कार्यक्रममा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त ब्यक्तिहरुलाई हरेकको घरघरमा गएर गाडीमा लिन जाने र कार्यक्रम स्थलमा ल्याएर हरेक जेष्ठ नागरिकलाई नेपाली पोशाक लगाएर सम्मान गर्नु हुने भएको छ र अन्य शारीरिक रुपमा अशक्त ब्यक्तिलाई पनि लत्ताकपडा वितरण गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा शारीरिक रुपमा अशक्त ब्यक्तिहरुलाई प्रति महिना जनही १ हजारको दरले भत्ता वितरण गर्ने समाजसेवी कार्कीले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानीय कलाकारको नृत्य तथा नाटकप्रस्तुति समेत रहने आयोजकले बताएको छ । कार्यक्रमका लागि ७ जनाको समिति गठन गरी तिव्र रुपमा अघि बढिरहेको संयोजक प्रकाश कार्कीले बताउनुभयो ।

हाल जापानको ओकिनावामा संगर्षरत कार्कीले विभिन्न ठाउँमा समाजसेवा गर्दै आउनुभएको छ ।  यसपटक कार्कीले ठुलो रकम खर्च गरेर कार्यक्रम आयोजना गरी जन्मस्थल रतुवामाई नगरपालिका जेष्ठ नागरिक र अशक्तलाई सम्मानसहित सहयोग गर्न लागिएको बताएको छ ।ओखलढुंगाको मानेभञ्जयाङ २ मा जन्मिएका कार्की मोरङ, रतुवामाई नगरपालिका – ९ मा बस्दै आएका छन् ।  समाजसेवी कार्कीले जन्मभूमि ओखलढुंगा मानेभञ्जयाङको मनकामना माविका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक/एक जना छात्रछात्रालाई जनही रु ५ हजार नगद पुरस्कार प्रदान गर्नुका साथै र सो बिद्यालयमा उच्च शिक्षा सञ्चालनका लागि रु १ लाख सहयोग गर्नुभएको थियो ।

यस्तै आफ्नो कर्मभूमि मोरङ, रतुवामाई ९ को जनता माविका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना बिद्यार्थीलाई नगद १० हजार प्रदान गर्नुका साथै अन्य ९ जना बिद्यार्थी सम्मान् गरिएको थियो ।

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्