भोजपुरमा बालिका करणी उद्योगमा एक पक्राउ


 


भोजपुर, असोज ५

जिल्ला प्रहरी कार्यालय भोजपुरले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । रासस

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्