अश्लील वेबसाइट बन्द गर्दै सरकार, यस्तो छ कारण


 


काठमाडौं, असोज ६
यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइटहरुलाई बन्द गरिने भएको छ ।

इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको र विभिन्न घटनाहरु पनि बढ्नभन्दै सरकारले त्यस्ता वेबसाइट बन्द गराउने तयारी गरेको हो । नागरिकमा खबर छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील समाग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्