दशैंको मुखमा ग्यास अभावको त्रास, उद्योगी मौका छोप्दै


 


काठमाडौं, असोज ७
हरेक दशैंमा ग्यास अभाव खेप्दै आएका उपभोक्तालाई यस वर्ष पनि सोही अभाव दोहोरिने त्रास फैलिएको छ । उ

द्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गर्दै आएका छन् ।

यसपटक पनि ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताइसकेका छन् । नयाँ पत्रिकामा खबर छ।

तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ छ ।

निगमले प्रतिसिलिन्डर उद्योगीलाई २८१.०५ रुपैयाँ दिँदै आएको छ । उद्योगीलाई एकमुष्ट यो रकम दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्