वैज्ञानिक भाडादरका नाममा फेरि गाडी भाडा बढाउने तयारी


 


काठमाडौं, असोज ७
यातायात व्यवसायीसामू झुकेको सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ ।

१० प्रतिशत भाडा बढाएपछि दशैका लागि अग्रिम टिकट बुकिङ खोलेपनि फेरि भाडा बढाउने तयारी गरिएको छ ।

सरकारले फेरि वैज्ञानिक भाडादरका नाममा छठपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो । जसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

१० प्रतिशत बढेको भाडा इन्धनमा भएको मूल्यवृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात व्यवसायीको दाबी छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्