राष्ट्रपतिले दिइन् राष्ट्रकविलाई घरमै पुगेर जन्मदिनको शुभकामना


 


काठमाडौँ, असोज ७
राष्ट्रपति विद्यादेवी भण्डारीले एक सय वर्षमा प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई घरमै पुगेर जन्मदिनको शुभकामना दिनुभएको छ ।

घिमिरेको लैनचौरस्थित घरमै पुगेर आज विहान राष्ट्रपति भण्डारीले जन्मदिनको शुभकामना दिनुभएको हो। राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो ।

राष्ट्रकवि घिमिरे विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएको हो । रासस

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्