घाटी रेटेर महिलाको हत्या, उखुबारीमा भेटियो शव


 


बारा, असोज ७
बाराको कलैया उपमहानगरपालिकामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर–१३ बलिरामपुरकी सियापति धोबिनको शव घाटी रेटेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

शनिबार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा बेपता भएकी उनी राती घर नफर्केपछि खोजी सुरु भएको थियो । उनको शव आज विहानै पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फेला परेको थियो ।

सियापतिका श्रीमान तीन छोरी एक छोरा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चौधरीले बताइन् ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्