लागूऔषधसहित ५ जना पक्राउ


 


सुनसरी,असोज  ७

सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषधसहित धनकुटा शहिदभुमी–५ खोकु बस्ने २० वर्षिय सन्तप राई, सोही ठाउँका २० वर्षिय अविशेष राई, २५ वर्षिय मौषम राई, धरान १३ बस्ने २१ वर्षिय अजय राई र २१ वर्षिय प्रविण राईलाई पक्राउ गरेको हो ।

राती सवा ११ बजेको समयमा सडकमा हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध गाँजा १०० ग्राम, डाईजेपाम २ पत्ता फेला परेपछी नियन्त्रणमा लिईएको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्