इलाममा आगलागी हुँदा १८ लाखको क्षति


 


इलाम, असोज ७

ईलामको फाकफोकथुम गाउँपालिका–१ स्थित लुम्सुङमा शनिबार राती आगलागी हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ ।
राती १० बजेको समयमा सोही स्थान बस्ने भीम लिम्बुको घरमा सोलारको ब्याट्री सर्ट भई आगलागी हुँदा लिम्बुको काठले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ ।

आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्