भोजपुरमा वडा कार्यालयमै आधुनिक बर्थिङ सेन्टर


 


भोजपुर, असोज ७

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा नवनिर्मित ‘बर्थिङ सेन्टर’ भवन उद्घाटन गरिएको छ । गाउँपालिका र वान हर्ट भोजपुरको लगानीमा भनव निर्माण गरिएको हो ।

गाउँपालिकाको रु १४ लाख ४० हजार ४५९ र वान हर्टको रु ११ लाख ४७ हजार ३५९ लगानीमा आधुनिक भवनको निर्माण सम्पन्न भएको हो ।

सो अवसरमा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले ग्रामीण भेगका महिलालाई लक्षित गरेर निर्माण भएको आधुनिक भवन निर्णाण गरिएको बताउनुभयो ।

त्यस्तै स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णबहादुर बानियाँले भवन निर्माणले वडाका महिलालाई प्रसूति गराउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्