बाबुले ११ वर्षीया छोरीलाई नै करणी गरेर गर्भपतन गराए



काठमाडौं, असोज ८
बाबुले छोरीलाई करणी गरि गर्भपतन गराएको सुन्दा जोसुकैलाई पनि अचम्म लाग्न सक्छ । तर, घटना यथार्त हो ।

ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरीमा एक व्यक्तिले ११ वर्षकी छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएका छन् । गर्भपतन गराएपछि मात्रै घटना बाहिरिएको हो। नेपाल समाचारपत्रमा खबर छ ।

घटना सत्य सावित भएपछि जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो ।

उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेको पाइएको छ ।

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएकी थिइन् ।

आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएपछि उनले गर्भपतन गराएका थिए ।

उनले छोरी आफैबाट गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना बनाए । उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको भन्दै अस्पताल लगेका थिए । नकी आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News